धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,१० साउन । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
बिद्युत बिहानको ८ बजे देखि दिउंसो २ बजेसम्म अवरुद्द रहनेछ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभि चुङमाङ फिडर अन्तर्गतका बिभिन्न स्थानहरुमा मौसम अनुकुल भएमा लाइनको वरिपरि रहेका रुख, हागा,बास,तथा झाडि कटान (बुश कटिङ) गरिने भएकोले बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
जस अन्तर्गत उत्तरपानी,धर्मशाल,मार्गा , चुङमाङ लगायत का क्षेत्रहरूमा बिद्युत सेवा अबरुद्द हुने भएको हो ।


