चौविसेका भूमिहिन सुकुम्वासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भूमी समस्या समाधान आयोगको तयारी
धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटाले चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी,अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्न शुक्रवार गाउपालिका अध्यक्ष सहित जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र वडासचिवहरु संग छलफल तथा अन्र्तक्रिया गरेको छ ।
चौविसे गाउपालिकाका अध्यक्ष राज कुमार चेम्जोङको अध्यक्षतमा भएको अन्तरक्रियामा भूमि समस्या समाधान आयोग धनकुटाका सदस्य तथा चौविसे,सागुरीगढी गाउपालिका र महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले कार्यक्रमको सहजीकरण गर्दै अव चाडैनै सो गाउपालिकाका भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरी जग्गा उपलब्ध गराउने वताउनु भयो । उहाले आयोग र पालिकाको समन्वय सहयोग तथा सहभागीतामा जग्गा धनी पूर्जा वितरणको लागी तिव्रगतीमा क्रियालिश भै अन्तिम तयारीमा जुटीरहेको समेत जानकारी गराउनु भयो ।
अन्तरक्रियामा पालिकाका उपाध्यक्ष टंकमाया मगर,निमित्त प्रमुख प्रशासकी अधिकृत सोभित तुम्बा,भूमी समस्या समाधान आयोग धनकुटाका विज्ञ सदस्य नविन किशोर शाक्य,महिला सदस्य देवकला पौडेल,चौविसे गाउपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सचिवहरुले अव सवैको समन्वयमा त्यहाँका भूमिहिन दलित सुकुम्वासी,सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा उपलब्ध गराई जग्गाधनी पूर्जा वितरण गर्न आ आफ्नो क्षेत्र र तहबाट क्रियाशिल हुने वताए ।
चैविसृे गाउपालिकामा ८ जना भूमिहिन दलित सुकुम्वासी,३२ जना भूमिहिन सुकुम्वासी र ८ सय ४० जना अव्यवस्थित वसोवासीहरु गरी जम्मा ८ सय ८० जनाले जग्गा उपलब्ध गराई पाउ भनी निवेदन दिएको भूमी समस्या समाधान आयोग धनकुटा जिल्लका सदस्य तथा चौविसे,सागुरीगढी गाउपालिका र महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
भूमी समस्या समाधान आयोग धनकुटाले केही दिन अघि मात्र धनकुटाका सागुरीगढी गाउपालिकामा केही भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गरेको थियो ।


