कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने

काठमाडौं, साउन १२ – कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो।

यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट प्राप्त हुनेछ। यसअघि कम्पनीहरूलाई उक्त प्रमाणपत्रका लागि छुट्टै निवेदन दिनुपर्ने झन्झट थियो, जुन अब हटाइएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, अब सेवाग्राहीहरूले वेबसाइटमार्फत आफ्नो विवरण अद्यावधिक गरी प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई सरल, पारदर्शी र छरितो बनाउने अपेक्षा गरिएको छ। कार्यालयले जानकारी दिएको अनुसार, जरिवाना तथा दस्तुर बुझाएपछि, विवरणको मस्यौदा परीक्षण गरी अन्तिम रूपमा पेश गर्ने प्रक्रिया पूरा गरेपछि प्रमाणपत्र प्रणालीबाट आफैं डाउनलोड गर्न सकिनेछ।

नयाँ प्रविधि प्रयोग गर्दा सेवाग्राहीले थप सहजता महसुस गर्ने विश्वास गरिएको छ। त्यस्तै, विवरणमा कुनै त्रुटि देखिएमा पुनः सम्पादन गरी आवेदन दिन सकिने व्यवस्था पनि उपलब्ध गराइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यो कार्यालयले डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण पाइला स्वरूप यस प्रणालीलाई लिएको बताएको छ। कार्यालयले सम्पूर्ण कम्पनी प्रतिनिधिहरूलाई समयमै विवरण अद्यावधिक गर्न तथा प्रणाली प्रयोग गर्न आग्रहसमेत गरेको छ।

जानकारी लिन र निर्धारित प्रक्रिया पालना गर्न अनुरोध गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।