धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,१७ साउन । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
बिद्युत बिहान बिहानको ७ बजे देखि दिउंसो ५ बजेसम्म अवरुद्द रहनेछ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको धनकुटा नगरपालिका ४ स्थित सल्लेरि एरियामा (धनकुटा हिले सडक खन्ड ) रोडको छेउमा रहेका रुखहरु काट्ने कार्य हुने भएकोले रेडियो नेपाल एरिया ,कागते , श्याउले,निगाले लगायतका क्षेत्रहरुमा उल्लेखित समयमा बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।


