नेप्से ६३ अंकले घट्यो, कारोबार रकम १३ अर्बमा

काठमाडौं, १८ साउन । साताको पहिलो दिन नेप्से परिसूचक ६३ अंकले घटेको छ।  

गत शुक्रबारको तुलनामा २.८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा रोकिएको हो ।

आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार कारोबार रकम १३ अर्ब सात करोड ५० लाख रुपैयाँ भएको छ । अघिल्लो दिन १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै १३ वटा समूहकै सूचकमा गिरावट आएको छ। लघुवित्त र अन्य समूह सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घट्दा बैंक, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।