धनकुटाबाट वेवारिसे ब्यक्तिको उद्दार
धनकुटा,२० साउन । धनकुटाबाट एक वेवारिसे ब्यक्तिको उद्दार गरिएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट बजार स्थित विगत २ महिनादेखि वेवारिसे अवस्थामा बसिरहेको अन्दाजी ३०-३५ बर्षिया तत्काल नाम,थर,वतन नखुलेको हेर्दा तराई मुलको जस्तो देखिने एक पुरुषको आज उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार क्षेत्री सहित लाईन्स क्लब अफ बिराटनगर ग्रिन सिटिको सहकार्यमा उक्त ब्यक्तिलाई उद्दार गरि प्रदेश नम्बर ३ -०१-०२४ च ८००७ नम्बरको एम्बुलेन्समा प्रहरी टोलीको साथ लगाई मानव सेवा आश्रम शाखा कार्यालय बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।


