माेरङकाे काल्बुङ्ग झरना आन्तरिक पर्यटकको रोजाइमा

माेरङ, २४ साउन । मोरङ्गको मिक्लाजुङ्गको काल्बुङ्ग झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

 

मिक्लाजुङ्ग- ५ सामलिङ्गमा पर्ने झरना आफैँमा निकै मनमोहक भएका कारण यहाँका स्थानीयको रोजाइमा परेको हो । प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण रहेको यो झरनाले पछिल्लो समय यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । जिल्लावासीको एक सम्पत्तिका रूपमा रहेको कोल्बुङ्ग झरना संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ । 

जिल्ला सदरमुकाम विराटनगरवाट ७० किलोमिटर दुरीमा रहेको यो झरना पुग्न स्थानीय तेली खोलाको किनारै किनारको बाटो प्रयोग गर्नू पर्ने हुन्छ । झरनामा आउने अधिकाशंले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने  र त्यसैमा रमाउने गरेका छन्  । मिक्लाजुङ्ग गाँउपालिकाले यो झरनाको संरक्षण तथा प्रवर्धन गर्ने कामलाई प्राथमिकता दिने भने पनि खासै संरक्षण तथा प्रवर्र्धन भने गरेको देखिँदैन । वर्खा याम लागे पनि गर्मी कम नभए पछि अहिले पनि झरना जानेको लर्काे कम भएको छैन् ।  

 

पुर्व पश्चिम राजमार्गको मंगलबारेवाट १३ किलोमिटरको दुरीमा रहेको मिक्लाजुङ्गको सामालिङ्गसम्म यातायातका साधन पुगे पनि झरना सम्म पुग्न भने ३ किलोमिटर पैदल नै हिडनु पर्ने वाध्यता छ । खोलाको किनारै किनार झरना पुग्न सकिने र झरना निक्कै सुन्दर भएको झरना पुगेका पथरी शनिश्चरेका बिबेक गौतमले वताए । गर्मी मौसमा सितलता लिन पनि पर्यटक यो क्षेत्रमा पुग्ने गरेका छन् ।  

 

यसको माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल हुने गरेको गौतमले बताए । स्थानियवासी गोपाल लिम्बुले भने, ‘यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक टेवा पुग्ने थियो ।’ यो झरनाको लम्बाइ झन्डै दुई सय मिटरभन्दा बढी छ । यसअघि कहीँकतैबाट संरक्षण र प्रवर्धनमा पहलकदमी हुन नसके पछि यो झरना लामो समयदेखि संरक्षणको पर्खाइमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।