धनकुटामा यसरी मनाइयो रोपाई जात्रा
धनकुटा,२६ साउन । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा पर्व धनकुटामा धुमधानसँग मनाइएको छ ।
असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको छ । धनकुटाको टुँडिखेलबाट सुरु भएको रोपाइँ जात्रा बजार परिक्रमा गरी बसर्पाकमा पुगेर समापन भएको थियो ।
टुँडिखेलबाट सुरु भएको जात्रा तल्लो कोप्चे, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेनथान, परिचय मोड, चुवाको बोट हुँदै बसपार्कमा पुगेर समापन भएको छ ।
जात्राको अवसरमा विभिन्न प्रकारका हास्यव्यग्य समेत गर्ने गरिन्छ साथै महिला पुरुषको भेषभूष र पुरुष महिलाको भेषभूषमा सजिएर जात्रामा निस्कने गर्दछन् ।




