सुकुम्बासी बस्तीमा डोजर, झडपपछि अवस्था तनावग्रस्त

काठमाडौ । मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रमा रहेका घर टहरा हटाउन डोजर लगाउँदा स्थानीयले ढुंगामुढा गरेका हुन् । आक्रोशित भीडले आक्रमण गर्दा केही नेपाल प्रहरी र नगर प्रहरी घाइते भएको बताइएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली त्यहाँ पुगेको थियो । झडपको सम्भावनालाई ख्याल गर्दै नेपाल प्रहरीलाई पनि सँगै खटाइएको थियो । अहिले अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको बुझिएको छ ।

मापदण्ड विपरित बनाइएका घर टहरा भत्काउन यसअघि पटक-पटक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गरेपछि डोजर चलाउनु परेको महानगरले जनाएको छ ।-खोज केन्द्र न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖