कोशी प्रदेश प्रहरी प्रमुखद्वारा संखुवासभामा स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संखुवासभा,३ भदौ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संखुवासभा जिल्लाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी तथा स्थानीयबासीहरुसंग परिचय तथा अन्तरक्रिया गर्नु भएको छ ।

भदौ ३ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानिय स्तरमा भएका समस्या तथा प्रहरीसंगको अपेक्षाहरुको बारेमा जानकारी लिनुका साथै जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

साथै वहाँले विपदको समयमा जनधनको सुरक्षाको लागी सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले समाज शान्ति सुरक्षा कायम राख्न नागरिक र प्रहरी सदैव हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖