प्रधानमन्त्री ओली अस्वास्थ्य, आजको संसद बैठकमा सहभागी नहुने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य कारणले आजको संसद बैठकमा सहभागी नहुने भएका छन्।
एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा जानकारी दिँदै प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा ओली अनुपस्थित रहने बताए।
बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो।


