लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छः गगन थापा

 काठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले चीन र भारत बिच हालै भएको लिपुलेक ब्यापार मार्गको सहमति अस्वीकार्य रहेको बताएका हुन । 

 ‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले बिशेष सम्बोधनमा भने ।

चीन र भारत दुई छिमेकी देशले नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनु पनि आब्हान गरेका छन् ।

‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।