धनकुटाको सांगुरीगढी स्थित घण्टेमा रुख लडेर सडक अवरुद्द
धनकुटा,५ भदौ । धनकुटामा रुख लडेर सडक अवरुद्द भएको छ ।
आज बेलुका करिब ७:१५ बजे जिल्लाको सांगुरीगढी गाउंपालिका ६ घण्टे स्थित कोशी लोकमार्गमा टोरुख लडेर दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
खबर प्राप्त हुन साथ प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षक टंक बहादुर थापाको नेतृत्वमा ३ जनाको प्रहरी टोली घटनास्थल पुगेर उक्त रुख हटाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।


