विराटनगरबाट औपचारिक रुपमा शुभारम्भ भयो ब्रेकिङ नेपाल डट कम

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ ।

गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’

मेयर कोइरालाले नेपाली समाज अहिले नकारात्मक र निराशाबाट गुज्रिरहेको चर्चा गर्दै सञ्चारमाध्यमहरुले सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले उनले ब्रेकिङ नेपाल न्यूजले सकारात्मक र आशाको खोजी गर्न आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । प्रविधिको बढ्दो प्रयोगले सञ्चार क्षेत्रमा चुनौती देखिएको बताउँदै उनले भनिन्, ‘ब्रेकिङ नेपाल जस्ता मिडियाले समयको मागअनुसार र पाठक र दर्शकको चाहनाअनुसार सामग्रीहरु प्रस्तुत गर्नु आवश्यक छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे । सञ्चार क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा उनको जोड थियो । जोसुकै सरकारमा भए पनि सञ्चार क्षेत्र प्रतिपक्षको भूमिकामा हुने गरेका कारण जहिले पनि सत्तापक्षले सञ्चार माध्यम क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको खरेलको भनाइ थियो ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले जति धेरै सञ्चार माध्यम खुले त्यति धेरै जनताले सूचना प्राप्त गर्ने विचार व्यक्त गरे । तथ्यपरक समाचार सम्प्रेषण गरेर समाजमा विश्वसनीयता कायम गर्न उनले सुझाव दिए । अग्रज साहित्यकार एवं प्राध्यापक कविराज न्यौपानेले ब्रेकिङ नेपाल न्यूज आवाजविहीनहरुको आवाज बन्न सकोस् भनेर शुभकामना दिए ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनैतिक क्रान्ति पूरा भएकाले अब सञ्चार माध्यमहरुले आर्थिक विकास र समृद्धिका मुद्दालाई प्राथमिकता दिनु आवश्यक रहेको औंल्याए । ‘ब्रेकिङ नेपाल डट कमले आर्थिक मुद्दा उठाओस् भन्ने शुभकामना दिन चाहन्छु,’ राठीले भने ।

गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।

‘आजभोलि हामीकहाँ सफलताभन्दा असफलता, समाधानभन्दा समस्याहरूको चर्चा बढी हुने गरेको छ । समाजमा भएका सकारात्मक परिवर्तन, प्रेरणादायी यात्राहरू र आत्मबलले जितिएका संघर्षहरू ओझेलमा पर्दै गएका छन्,’ नवोदितले भने, ‘यस्ता परिस्थितिमा ब्रेकिङ नेपाल डट कमले सकारात्मक सोच, सफल व्यक्तित्वका प्रेरणादायी कथा, युवा पुस्ताका सिर्जनशील प्रयास र सामाजिक रूपान्तरणका उदाहरणहरूलाई प्रकाशमा ल्याउने अठोट लिएका छौं ।’

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, नेपाल पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्का, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा, प्याब्सन मोरङका पूर्वअध्यक्ष प्रेमलाल सुवाल, विराटनगर पूर्वअध्यक्ष इन्द्र राई, वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, विराटनगर प्रज्ञा प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छो, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिक, छन्दवाटिका विराटनगरका अध्यक्ष हरि कट्टेल, विराट साहित्य संगमका रामबाबु दाहाललगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।