धनकुटामा फोहोर मैला व्यवस्थापन केन्द्रबाट रोजगारी र राजश्व दुवै
धनकुटा,१० भदौ । धनकुटा नगरपालिकाले ‘मिसाए फोहोर, छुट्याए मोहोर’ अभियानलाई अगाडी बढाए संगै फोहोर मैला व्यवस्थापन केन्द्रले रोजगारी र राजश्व दुवै दिएको छ ।
धनकुटाको हिले र धनकुटा बजारबाट दैनिक रुपमा संकलन हुने फोहोर व्यावस्थापनका लागि निमार्ण गरिएको ल्यान्ड फिल्ड लाईडको फोहोर बिक्रि बाट गएको आर्थिक वर्षमा धनकुटा नगरपालिकाले १ लाख राजश्व समेत संकलन गरेको छ ।
नगरपालिकालाई राजश्व संकलन कमै भए पनि स्थानिय व्यातिmले फोहोर छान्ने र बच्ने काममा १२ जना लाई रोगगारी दिनु धरै उपलब्धी पूर्ण कार्य भएको धनकुटा नगरपालिकाले वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताए ।
दैनिक १२ टन फोहोर संकलन हुने केन्द्रमा अहिले प्रत्यक्ष रुपमा १२ जनाले रोजगारी पाइ रहेको र नगरपालिका लाई समेत थोरै भए पनि अतिरितm आम्दानी भएको प्रमुख खनालको भनाई छ । फोहोर मैला केन्द्रमा ४० प्रतिशत गल्ने फोहोर , २५ प्रतिशत रबर, १५ प्रतिशत कपडा र २० प्रतिशत अन्य फोहोर संकलन हुने गरेको छ ।
फोहोर व्यवस्थापन मार्फत रोजगारी सिर्जना र कर संकलन दुवै पक्षलाई सन्तुलित ढङ्गले अघि बढाएको नगरपालिको यहाँ सङ्कलन भएको फोहोरलाई व्यापारी मार्फत छानेर छुट्याएको सङ्कलित ठोस फोहरलाई बिक्रि गर्ने गरेको छ । पुनः प्रशोधन गर्न सकिने फोहोर बेच्दा आम्दानीसँगै ल्यान्डफिल्ड समेत सफा भएको छ । बिक्रि हुने वस्तु बिक्री र नहुनेलाई माटोले पुर्दै आएको प्रमुख खनालको भनाई छ । यहाँबाट पुनः प्रयोग हुने सामान टिपेर फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजकले थप रकम आम्दानी गर्ने गरेका छन् ।
बजारबाट निस्कने फोहोरलाई व्यवस्थित गरि स्वच्छ र हराभरा नगरको परिकल्पना गर्दै नगरपालिका र स्थानिय विकास मन्त्रालय जगेडा कोषको साझेदारीमा २०६६ सालमा करिब चार करोड रुपैयाँको लागतमा ल्यान्डफिल निर्माण गरिएको थियो । कोरोना काल भन्दा पहिला फोहोर संकलन केन्द्रमा प्रवेशका लागि समेत रकम उठाउँदै आएको नगरपालिकाले त्यस यता भने फोहोर मैला केन्द्रमा घुम्न आउने लाई रकम उठाउँने गरेको छैन् ।
फोहोर मैला व्यावस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै २०७३ सालमा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर घोषित भएको नगरपालिकाले सरकारबाट ७ लाख रुपैयाँ पुरस्कार र २०७४ सालमा सफा नगरमा नेपालमै प्रथम हुँदै १० लाख रुपैयाँ पुरस्कार पाएको थियो समेत खनालको जानकारी दिए ।
फोहोर मैला व्यावस्थापन केन्द्र्रका लागि बजेट अभाव नहुने हो भने अझै आयआर्जन र रोजागरी सिर्जनाका काम गर्न सकिने नगरपालिकाले जनाएको छ ।


