सहिदभूमि गाउँपालिका अध्यक्ष राईलाई पित्रृ शोक
धनकुटा,११ भदौ । धनकुटाको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईलाई पित्रृ शोक परेको छ ।
अध्यक्ष राईका ८० वर्षीय बुबा विष्णुराज राईको हिजो साँझ सुनसरीको बुढीखोलाले बगाउँदा निधन भएको हो ।
बाख्रा चराउन गएको बेला बुढिखोलामा अचानक आएको बाढीले राईलाई साँझपख बगाएको बताइएको छ । राईलाई झण्डै १ सय मिटर बगाएको थियो । ६ वटा बाख्रा पनि बगाएकाले बाख्रालाई खोला तार्न खोज्दा बगाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । राईको शबलाई आज धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमाटम गरिने र आज धनकुटाको मुलघाटमा दाहसस्कार गरिने परिवारले जनाएका छन् ।
उहाँ इटहरी बस्दै आउनु भएको थियो । २००३ सालमा जन्मिनुभएका विष्णुराज राई पूर्व स्वास्थ्यकर्मी समेत हुनुहुन्थ्यो । राईका २ छोरा र १ छोरी हुनुहुन्छ । श्रीमतिको गत पुसमा निधन भएको थियो ।-धनकुटा एफ. एम


