रुद्राक्ष व्यावसायी संघ धनकुटाको अध्यक्षमा पाख्रिन
धनकुटा,१४ भदौ । रुद्राक्ष व्यावसायी संघ धनकुटाको पहिलो अधिवेशन बाट अध्यक्षमा नरेश पाख्रिन सर्वसम्मत चयन भएको छन् ।
संघको उपाध्यक्षमा चक्र राई, निसान मगर, सन्त नेवाः खड्गी चयन भएका छन् । त्यस्तै महासचिवमा राजेन्द्र राई, उपमहासचिवमा रुद्र कार्कि, सचिवमा अर्जुन राई, कोषाध्यक्षमा विक्रम लिम्बु चयन भएको निर्वाचन समितीका सदस्य सन्तवीर लामाले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा देवेन्द्र गुरुङ्ग, राजन राई, जीतबहादुर राई, सुमन राई, पवित्रा लुम्बा लिम्बु, नरबहादुर मगर र टंक यस्माली चयन भएको लामाले जानकारी दिए ।


