घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।
निगमले जनाएअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर चार, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलर घटाइएको छ ।
पेट्रोल घटेर आए पनि बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ । त्यस्तै एलपी ग्याँसको बिक्री मूल्य पनि यथावत् राखिएको छ ।



