भावी नेतृत्व ओली नै हुन भन्नेमा सबैजसोको समर्थन छ: राजेन्द्र गौतम

गोदावरी, २२ भदौ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धि अनर्गल प्रचार गरिएकोमा आपत्ति जनाएका छन् ।

महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश गरेका समूहगत नेताहरुको भनाई सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताए ।

 

सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरुले भावि पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनि प्रतिवेदन पेश गरेको उनले बताए ।

 

मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग गौतमले भने,  ‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दशत्रमा प्रतिवेदन पेश गरिसक्नु भयो । दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संबैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ ।’

‘सुदूपश्चिम  प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहीँका जनतालाई पर्छ । हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिं धामीले राष्ट्रियकरण गर्नुभएको हो । अहिले अध्यक्ष केपी शर्मा ओलीज्यूले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको छ । अध्यक्ष ज्युलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं भन्नुभयो’, जैशीको भनाई उद्धिृत गर्दै गौतमले भने ।

 

त्यसैगरी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावि नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताएको जानकारी गौतमले दिए ।

 

लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएको गौतमले जनाए ।

 

गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरुले प्रष्ट दिशा निर्देश गरेको बताएका थिए। 

 

बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको र  केही मत हटाउनु हुँदैन भन्ने सुझाव आएको भनि तथ्य दिएको गौतमले बताए।

मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने बताएको उनले जानकारी दिए ।

 

कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलद्वारा पेश गर्नु भएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको गौतमले बताए ।

 

गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेश गर्नुभएको जानकारी उनले दिए ।

 

समूहगत प्रतिवेदन प्रस्तुत महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि उठेको प्रश्नको जफाव दिइसकेका छन्,  अहिले विधान संशोधन माथि उठेका प्रश्नको जवाफ उपाध्यक्ष विष्णु पौडेलले दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।