संविधान दिवस भब्य रूपमा मनाउन एमालेको आग्रह

जनकपुर, ३१ भदौं । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउन सबै जिल्लामा आह्वान गरेको छ।

 

प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले हस्ताक्षरित निर्देशनपत्रमा संविधान दिवसको ऐतिहासिक महत्व र त्यसको संरक्षणमा दलहरूको भूमिका उल्लेख गर्दै व्यापक सहभागितासहित कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ।

 

निर्देशनअनुसार, संविधान दिवस २०७२ को ऐतिहासिक पृष्ठभूमिमा २०६२/०६३ को जनआन्दोलनपश्चात संविधानसभाबाट जारी भएको संविधानले संघीयता, समावेशी लोकतन्त्र र जनसार्वभौमसत्ताको सुनिश्चितता गरेको उल्लेख छ।

 

निर्देशनमा भदौ २३–२४ का पछिल्ला राजनीतिक घटनाक्रमले देशलाई असहज परिस्थितितर्फ धकेलेको भन्दै प्रतिगमनकारी षड्यन्त्रविरुद्ध सचेत रहन समेत आग्रह गरिएको छ।

 

युवाको चाहनाविपरीत संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने गतिविधि तीव्र भइरहेको भन्दै एमालेले संविधानको रक्षा गर्न सबैलाई एकजुट हुन अपिल गरेको छ।

 

कार्यक्रम व्यवस्थापन
प्रदेश कमिटीले संविधान दिवसका कार्यक्रम जिल्ला स्तरमै भव्य रूपमा आयोजना गर्न निर्देशन दिएको छ। अन्य दलहरूसँग सहकार्य सम्भव भए संयुक्त रूपमा कार्यक्रम गर्न भनिएको छ भने त्यो सम्भव नभए पार्टी कार्यालयमा व्यापक उपस्थितिसहित कार्यक्रम गर्न भनिएको छ। जनसंगठन र स्थानीय तहका कमिटीहरूलाई पनि आ–आफ्नो ठाउँमा कार्यक्रम गर्न भनिएको छ।

कार्यक्रमका फोटो र भिडियोहरू केन्द्र र प्रदेश कार्यालयमा पठाउन अनुरोध गरिएको छ। साथै, आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालय वा व्यक्तिगत आवासको विवरण प्रदेश कार्यालयमा पठाउन भनिएको छ।

अवाञ्छित गतिविधिमा संलग्नहरूप्रति कडा निर्देशन
पार्टीविरुद्ध अभिव्यक्ति दिने वा अवाञ्छित गतिविधिमा संलग्न सदस्यहरूको नाम असोज १ गतेभित्र प्रदेश कार्यालयमा पठाउन स्थानीय इकाइहरूलाई निर्देशन दिइएको छ।

एमालेले संविधानको सम्मान र संरक्षणलाई प्राथमिकता दिँदै, संविधान दिवसलाई जनस्तरसम्म पुर्‍याउने तयारी गरेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।