धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटा,३ असोज । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै संविधान दिवसको अवसरमा नेकपा एमाले धनकुटा र युवा संघ धनकुटाको आयोजनमा धनकुटामा जनप्रदर्शन गरेको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछिका गतिबिधिले गणतन्त्र धरापमा पर्ने भन्दै त्यसको बिरोधमा एमालेले जनप्रदर्शन गरेको एमाले धनकुटाका अध्यक्ष शिव लिम्बुले बताए ।


धनकुटाको मदन चोकबाट सुरु भएको जनप्रदर्शन हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो। सभालाई एमाले धनकुटाका इन्चार्ज तथा पूर्वमन्त्री राजेन्द्र राईले जेनजीको नाममा भएका अराजक गतिबिधीहरु छानबिन गर्नुपर्ने माग गरे ।

एमाले धनकुटाले जनप्रदर्शनमा जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्ने कारबाही गर, संविधानको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थियो।

संविधानको रक्षाका लागि भन्दै एमालेले संविधान दिवसको अवसर पारेर देशभर जनप्रदर्शन गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖