धनकुटा कांग्रेसद्धारा मातहतका समितिलाई राहत तथा उद्धारमा सक्रिय हुन आग्रह

धनकुटा, २० अशोज । नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती जारी गर्दै केही दिन अघि देखी परेको अविरल बर्षका कारण आईरहेको बाढी पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारमा जुट्न सवै पाटी माहतका समितिलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापती दिनेश राई,सचिव द्धय विजय सन्तोषी राई र जयन्द्र घिसिगद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा केही दिन अघि देखी परेको अविरल बर्षका कारण आईरहेको बाढी पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारमा जुट्न सवै पाटी माहतका समितिलाई आग्रह गरेका हुन ।

केही दिनयता लगातार परेको अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरोले ठूलो जनधन क्षति पु¥याएकोमा अत्यन्तै दुखित र मर्माहित भएका उल्लेख गर्दै विपत्तिमा बाढी–पहिरोले पुरेर वा बगाएर दिवंगत हुनु भएका सबैप्रति नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

जारी विज्ञप्तीमा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय रहनु भएका सुरक्षाकर्मी, पार्टीका साथीहरू तथा युवाहरूप्रति हार्दिक आभार व्यक्त सेमत धनकुटा कांग्रेसले गरेको छ ।

छिमेकी जिल्ला इलाममा सबैभन्दा बढी तथा पाँचथर, ताप्लेजुङसहित देशका विभिन्न जिल्लामा भएको जनधन क्षतिले मुलुकमा ठूलो विपत्ति उत्पन्न भएकोप्रति नेपाली कांग्रेस धनकुटाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस धनकुटाद्धारा जारी विज्ञप्तीमा उद्धार तथा राहत कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न संघ, प्रदेश तथा स्थानीय सरकारका सबै तहहरू समक्ष जोडदार माग गरिएको छ । पीडितहरूका लागि उपचारसहित तत्काल सुरक्षित बसोबास र खानाको व्यवस्था गर्न पनि सरकारसँग नेपाली कांग्रेस धनकुटाले आग्रह गर्दै विपद्को घडीमा सबैलाई मानवीय भावनाबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गरेको छ ।

अविरल वर्षासँगै आइरहेको बाढी तथा पहिरोको विपद्बाट बच्न र बचाउन उच्च सतर्कता अपनाउँन नेपाली कांग्रेस धनकुटाले आग्रह गर्दै तत्काल उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा आ–आफ्नो क्षेत्रमा सक्रिय रूपमा जुट्न पार्टीका सबै पंक्तिका साथीहरूलाई, विशेषगरी युवाहरूलाई, आह्वान गरेको छ । पार्टीका जिल्ला, प्रदेश, क्षेत्रीय निर्वाचन समिति, पालिका, वडा तथा टोल समितिका सबै तहका साथीहरूलाई क्षतिको विस्तृत विवरण यथाशीघ्र नेपाली कांग्रेस जिल्ला कार्य समिति कार्यालय धनकुटामा उपलब्ध गराउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

विषम परिस्थितिमा आपसी मतभेदलाई बिर्सी पूर्ण एकता कायम गर्दै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरूमा गएर राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सक्रिय रूपमा सहभागी हुन यूवा तन्नेरी लगायत सबैमा हार्दिक नेपाली कांग्रेस धनकुटाले जारी विज्ञप्ती मार्फत अनुरोध गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖