ओलीले आज गुण्डुबाट विशेष सम्बोधन गर्ने

काठमाडौं, असोज २३ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न विशेष भेटघाट कार्यक्रम राखेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा लेख्दै एमाले भक्तपुरको आयोजनामा बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्नेछन् ।

जेनजी युवाको आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर बालुवाटार छाडेका ओली अहिले गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

नेतृत्व छाड्न अध्यक्षओलीलाई पार्टी भित्रैबाट दबाब बढ्दै गएता पनि नेतृत्व नछाड्ने अडान कायमै राख्दै ओलीले आज सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।