असंवैधानिक ढंगले विघटन गरिएको तत्कालीन संसद फिर्ता गर्नुपर्ने :एमाले अध्यक्ष ओली
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन गरिएको तत्कालीन संसद फिर्ता गर्नुपर्ने बताएका छन्।
भक्तपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद पुनःस्थापनाबाहेक देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने अर्को विकल्प नभएको स्पष्ट पारे।
ओलीले नेपाली कांग्रेससहित सबै दलहरू लोकतान्त्रिक बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बादीतर्फ जाने खतरा हुन्छ र पछि पछुतो मान्नुपर्ने अवस्था आउन सक्छ।
उनले अहिलेको सरकारले राजनीतिक दलहरूलाई दमन गर्न खोजिरहेको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षा सबै दलको साझा जिम्मेवारी भएको उल्लेख गरे।


