लन्डनमा कारले ठक्कर दिँदा घाइते भएका नेपाली युवकको मृत्यु
लण्डन । बेलायतको राजधानी लन्डनमा कारले ठक्कर दिँदा घाइते भएका नेपाली युवकको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कारको ठक्करबाट घाइते भएका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो।
उनलाई यही अक्टोबर १८ मा पूर्वी लन्डनको इल्फोर्डको रेडब्रिज लेन इस्टमा कालो अडीले ठक्कर दिएको थियो। ब्रिटिस प्रहरीका अनुसार त्यो गाडी ४१ वर्षीय र्यापर गेट्सले चलाएका थिए।
स्थानीय प्रहरीका अनुसार धरान घर भएका तामाङ विद्यार्थी भिसामा बेलायत आएका थिए।


