ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउन प्रेस चौतारीको माग

काठमाडौँ । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ । श्रमजीवी पत्रकारहरूको सङ्गठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

शुक्रबार बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा सङ्गठनका अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताए ।

देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीको विकल्प नरहेको चौतारीको निष्कर्ष छ । एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमतासहितको नेतृत्व अध्यक्ष ओलीमा नै रहेको चौतारीको निष्कर्ष छ । ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’ उनले भने ।

उनले आगामी महाधिवेशनलाई सङ्गठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न सुझाव दिए । पाण्डेले भदौ २३ र २४ गते भएको आन्दोलनलाई प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गरे ।

बैठकमा सङ्गठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले समेत केपी शर्मा ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको धारणा व्यक्त गरे । उनले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको बताए । जेनजी आन्दोलनका नाममा ओलीको निवासमा आगजनी हुँदा सोही क्रममा प्रचण्डको घरसमेत जलेको तथ्य स्मरण गर्दै उनले भने, ‘अरूलाई सिध्याउन खोज्नेहरू आफू पनि बचिँदैन । ’

बैठकमा सङ्गठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिए । अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै उनले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।