झापाको दमकमा सिढी लगाएर छतमा चढेर चोरी गर्ने युवाहरु पक्राउ
झापा। झापामा सिढी लगाएर छतमा चढेर चाेरी गर्ने युवाहरु पक्राउ परेका छन् ।
झापाको दमक-८ एभरेष्ट बोर्डिङ तल्तिर बसन्त टोल, लक्ष्मी टोल,बिरान टोल आदि ठाउँमा केही समय अगाडि रातको समयमा घरमा सिँढी लगाइ छतमा चढेर घरभित्र छिरेर मोबाइल,पैसा लगायत अन्य सामाग्रीहरु चोर्दै हिड्ने दमक-९ का केटाहरुको झुण्डलाई स्थानीयले पक्राउ गरेका हुन् ।
उक्त स्थानमा केही समयदेखि चोरीका घट्ना बढिरहेको छ।


