यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदिश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन्

१. बंगलादेशको ढाकामा २०८२ मंसीर १० र ११ गते आयोजना हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्य समूह तथा संयुक्त संचालक समितिको सातौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री चिरञ्जीवी चटौतको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ।

२. नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

३. नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय भएको छ।

४. लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा श्री दीपक श्रेष्ठ, गोर्खालाई मनोनित गर्ने निर्णय भएको छ।

५. उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना तथा दरबन्दी तेरीज स्वीकृत गर्ने निर्णय भएको छ।

६. २०८२ मंसीर ८ देखि १२ गतेसम्म चीनको सिजाङ स्वाशासित क्षेत्र स्थित ल्हासा शहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य श्री रिना रानालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।