झापामा रोकिराखेको ट्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖