विराटनगरकी प्रतिक्षाको सुनको बाला फेला पारी सम्बन्धित धनीलाई फिर्ता
विराटनगर । विराटनगरकी प्रतिक्षाको सुनको बाला फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
मोरङको विराटनगर -११ बस्ने बर्ष ३२ कि प्रतीक्षा कोइरालाले हातमा लगाएको डेड तोला बराबरको सुनको बाला विराटनगर स्थित पिचरा चोक नजिक हराएको भनी मौखिक जानकारी गराए पश्चात् प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण भट्टाराईको कमाण्डमा प्रहरी टोली खटि गई सिसिटिभि फुटेज समेत हेरी खोजि तथा अनुसन्धान पश्चात जिल्ला मोरङ बिराटनगर ११ बस्ने बर्ष ५३ को सिटी चालक रामचन्द्र यादवसंग फेला पारी उक्त सामान सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।


