कोशीमा अपराध अनुसन्धान शाखाको निरीक्षण तथा अनुगमन

विराटनगर, मंसिर १० गते । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालका प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी सहितको निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागद्वारा चौथो अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना अन्तरगत फौजदारी कसुरको अनुसन्धान गर्ने प्रहरी कार्यालयहरुको अनुगमन तथा निरीक्षण मापदण्ड २०८१ बमोजिम भएको निरीक्षण तथा अनुगमनको क्रममा अपराध अनुसन्धान शाखामा भएको अभिलेख व्यवस्थापन, पेण्डिङ मुद्दाको अवस्था, हिराषत व्यवस्थापन, अपराधका घटनाहरुको अभिलेख, अपराध न्यूनीकरणको लागी गरिएका सचेतनामुलक कार्यक्रमहरु लगायत अपराध अनुसन्धानका अभिलेखहरुको निरीक्षण गर्नु भएको थियो ।

निरीक्षणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेशको अपराध अनुसन्धानको विश्लेषणात्मक तथ्याङक प्रस्तुत गर्नु भएको थियो ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले प्रहरीले गर्ने अनुसन्धानलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाई कानून कार्यान्वयन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको गरिमालाई सदैव उच्च बनाउने कार्यमा लगी पर्न निर्देशन दिनु भएको थियो ।

निरीक्षण अनुगमन तथा निर्देशनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

निरीक्षण अनुगमन टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय धरान, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा अन्तरगतका जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाका प्रहरी कार्यालय अनारमनी, धरान र रानीको अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖