मोरङ–३ बाट ९ प्रतिनिधिका लागि ३७ जनाको उम्मेदवारी

बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि ९ जना प्रतिनिधि चयनमा ३७ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ५ खुल्ला कोटाका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।जस्मा राजकुमार ओझा, सन्तोष बान्तवा, बासुदेव थापा (नविन), सुरेन्द्रबहादुर थापा, बीरेन्द्र श्रेष्ठ, रोसनप्रसाद ढकाल, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाईं, चन्द्र न्यौपाने, इरन राई, ज्ञानेद्र सुवेदी, रविन थापा, शंकर गुरुङ, अम्बरबहादुर गुरुङ, प्रकाश राई, दिलप्रसाद राई, भोलाप्रसाद अधिकारी, भूपाल श्रेष्ठ, भोजराज श्रेष्ठ, भगतचन्द्र थपलिया, प्रकाशबहादुर कार्की, बाबुराम येङदेन, दिलिपकुमार (किशोर) राई, रमेश दाहाल रहेका छन ।

४० वर्षमुनिका युवाको १ जना कोटामा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसमा विजय डाँगी, हिमालय थापा (पर्वत), भविन पाण्डे, निरजकुमार ढकाल, इन्जिनियर प्रदीप नेपाल र नविन पौडेल रहेका छन्। त्यसैगरी,३ महिला कोटामा ७ जनाको दाबी परेको छ। धनमाया तामाङ, यमुना विष्ट, यसोदा लिम्बू, सीता तामाङ, दुर्गा सुवेदी (दङ्गाल), रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल महिला उम्मेदवार हुन्।

क्षेत्र नम्बर ३ मा ५ हजार ४ सय ५२ पार्टी सदस्यमध्ये ५ हजार २ सय २ जनाले मतदान गर्नेछन्। तीमध्ये २ सय ५० दलित सदस्यले भने जिल्ला तहमा प्रतिनिधि छान्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। क्षेत्रभित्रका रहेको चार पालिकाका २६ वडा रहेका छन् । सुन्दरहरैंचामा सबैभन्दा धेरै १ हजार ८ सय ८८ पार्टी सदस्य मतदाता रहेका छन्। बेलबारीमा १ हजार २ सय २८, कानेपोखरीमा ८ सय ८६ र पथरी शनिश्चरेमा १ हजार ४ सय ५० रहेका छन्।

प्रतिनिधि चयनका लागि मंसिर १३ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नै आफनै पालिकामा मतदान हुने निर्वाचन समितिका सदस्य प्रेम कार्कीले जानाकारी दिएका छन । एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने जनाईएको छ ।

महाधिबेशनका लागि प्रतिनिधि छनौटका लागि देशैभर उत्साहप्रद उम्म्ेदवारी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖