मोरंगको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोरंग । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व–पश्चिम राजमार्गको मालती पुल छेउमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बुलेट मोटरसाइकलले बाटो काट्न लागिरहेको कुकुरलाई बचाउने क्रममा अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलका पछाडिबाट सवार ४६ वर्षीय चन्द्रमणि राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय पवन लिम्बू, स्थायी ठेगाना सुनसरी बराहक्षेत्र–९ राजावास, गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले विराटनगर टिचिङ अस्पताल रेफर गरिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।