अपडेट : भोजपुरको हतुवागढीमा एम्बुलेन्स दुर्घटना,घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ पठाइयो
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा आज बिहान करिब ९:४५ बजे भएको एम्बुलेन्स दुर्घटना परि घाइतेलाई थप उपचारका लागि काठमाडौ पठाइएको छ ।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत ट्रमा सेन्टर काठमाडौ पठाइएको हो ।
दुर्घटनामा सवारी चालक करिब २६ बर्षिय सञ्जीव राई र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्दाजी ५० बर्षिय जय कुमार राई गम्भीर घाइते भएका थिए ।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा प्रदेश १- ०२-००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको थियो ।


