धनकुटा र भोजपुरमा गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
धनकुटा, मंसिर १७ गते । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुरबाट र अस्थायी प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ६३ रोपनी क्षेत्रफलमा रहेका ६ हजार ८ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ ।
त्यसैगरि धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ८ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।


