धनकुटाको सांगुरीगढी स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक वृद्धाको मृत्यु
धनकुटा,२२ मंसिर । धनकुटाको सांगुरीगढी गाउंपालिका ४ स्थित लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-६ की करिब ७८ वर्षीया बिषमाया लिम्बु रहेका छन् ।
आइतबार साँझ झोलुङ्गे पुल तर्ने क्रममा अचानक खोलामा खस्दा वृद्धाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


