धनकुटाको सहिदभूमिबाट लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ
धनकुटा,२९ मंसिर । धनकुटाबाट लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका २ का अन्दाजी ३३ बर्षिय शिर कुमार विशुङ्खे रहेका छन् ।
विशुङ्खेलाई हिजो बेलुका करिब ६ बजे सहिदभूमि १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
निज विशुङ्खे जिल्ला अदालत सुनसरीद्वारा लागुऔषध मुद्दामा २ वर्ष ८ महिना २८ दिन कैद र २०,०००(बिस हजार) जरिवनामा तोकी फरार रहेका थिए ।


