झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्षतर्फ रास्वपाका झापा जिल्ला सचिव शम्भु ढकाल सुस्केराले गरे उम्मेदवारी दाबी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया तीव्र बन्दै गएको छ। यही क्रममा रास्वपाका झापा जिल्ला सचिव शम्भु ढकाल सुस्केराले झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी दर्ता गराएका छन्।

२०८२ साल पुष ३ गते झापा गाउँपालिका पुगेका सुस्केराले पार्टीले सञ्चालन गरेको अनलाइन पोर्टलमार्फत आफ्नो औपचारिक दाबी पेश गरेका हुन्। झापा गाउँपालिका समितिको चुनावी रणनीति तथा छलफलका क्रममा सुस्केराले उम्मेदवारी दाबी दर्ता गरेको गाउँपालिका समिति सभापति लक्ष्मण तिवारीले जानकारी दिए।

दाबी दर्ताको अवसरमा रास्वपा झापा गाउँपालिका समितिका पदाधिकारी तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा कनकाई नगर समिति, शिवसताक्षी नगर समिति तथा क्षेत्रीय समितिका जिम्मेवार नेताहरू सहभागी भएका थिए भने समानुपातिकतर्फ उम्मेदवारी दाबी गरेका कुन्दन मुर्मु पनि उपस्थित थिए।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत उम्मेदवारी आह्वान गरिसकेको छ। पार्टीले उम्मेदवार छनोट गर्दा पार्टी सदस्यको मतलाई ५० प्रतिशत र उम्मेदवारको योगदान, क्षमता तथा मूल्याङ्कनलाई ५० प्रतिशत आधार बनाउने कार्यविधि लागू गरेको छ।

सोही कार्यविधि अनुरूप आफूले दाबी पेश गरेको सुस्केराले बताएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुस्केराले झापा क्षेत्र नं. ४ बाट १४ हजार ६९ मत प्राप्त गरेका थिए। यसपटकको दाबीले झापा–४ मा रास्वपाभित्र आन्तरिक प्रतिस्पर्धा र राजनीतिक चासो थप बढाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖