मोरङमा दैनिक जंगली हात्तीको आतंक
मोरंग । मोरङको बेलबारी र सुन्दरहरैचामा दैनिक जंगली हात्तीको आतंक कायम नै रहेको छ ।
पछिल्लो केहीदिनयता बेलबारी र सुन्दरहरैचाका बिभिन्न स्थानमा जंगली हात्तीले स्थानीयको घर भत्काउनुका साथै बालीनाली नष्ट गरिरहेको छ ।
बिहिबार राति हात्तीले मोरङको सुन्दरहरैंचा ७ गोठगाउँको पचहत्तर बिगेमा मैया पराजुलीको घर भत्काएको छ ।
बुधबार राति मोरङको सुन्दरहरैंचा नगरपालिका ७ स्थित बेलगाछीको उत्तरपट्टि सन्तोष खतिवडाको घरमा हात्तीको बथान प्रवेश गरी केरा बगान, अन्नपात तथा घरमा समेत क्षति गरेको थियो ।


