कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण

धनकुटा, ८ पुस । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

पुस ०८ गते भएको निरीक्षण भ्रमणको कार्यक्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

निर्देशन सम्बोधनको क्रममा वहाँले अनुशासित र इमान्दारीका साथ प्रहरी कार्य सम्पादन गरी संगठनको गरिमालाई सदैव उच्च राख्न कार्यमा सम्पूर्ण प्रहरी कर्मचारी एक जुट भएर प्रहरी काम कारवाहीलाई निरन्तरता दिन निर्देश दिनु भएको छ ।

आम नागरिक प्रति सभ्य शिष्ट व्यवहारका साथ वहाँहरुको समस्या पिरमार्का, गुनासोलाई छिटो निष्पक्ष र पारदर्शी रुपमा समाधान गर्न र आगमी दिनमा अझ सेवामुखी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न जिम्मेवारी पुर्वक लागि पर्न निर्देशन दिनु भएको छ ।

यसै गरी वहाँले धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिकरुपमा आफै उम्रिएका र लगाईएका गाँजाका बोट तथा विरुवाहरुलाई फडानी गरी नष्ट गर्न तथा जिल्लामा हुने अपराधिक घटना, लागू औषध ओसार पोसारलाई नियन्त्रण गर्न अहोरात्र प्रहरी परिचालन हुन निर्देशन दिनु भएको छ ।

यसै गरी समाजमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न, समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सवारी दुर्घटना न्युनीकरण तथा अपराधिक क्रियाकलाप केन्द्रित जनचेतनामुलक कार्यक्रम संचालन गर्न समेत जोड दिनु पर्ने निर्देशन दिनु भएको छ ।

निर्देशनकै क्रमममा आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी त्रुटि रहित तवरले सम्पादन गर्न समेत निर्देशन दिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र प्रहरीद्वारा सम्पादित विविध गतिविधिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशब भट्टराई, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖