धनकुटामा नेकपाबाट प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ ४ जना उम्मेदवार सिफारिस
धनकुटा,११ पुष । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटामा उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।
नेकपाले प्रत्यक्षतर्फ धर्मराज पौडेल ,शम्भु राई ,टेकनाथ (टी.एन.) आचार्य ,नगेन्द्र विश्वकर्मा,विष्णुमाया कन्दङ्वा र लोकेन्द्र राई गरि ६ जनाको नाम सिफारिस गरेको साविक नेकपा एकीकृत समाजवादी धनकुटा संयोजक गोपाल बराइली र साविक नेकपा माओवादी केन्द्र धनकुटा संयोजक कुशुम कुमारी श्रेष्ठद्वारा संयुक्त रुपमा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
त्यस्तै समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरिएको छ।
सिफारिस हुनेमा धनमाया विश्वकर्मा,कुशुम कुमारी श्रेष्ठ,गोपाल बराइली र सरीता बराइली रहेका छन्।
त्यसैगरि राष्ट्रियसभा तर्फ दुर्गा कुँवर एकल सिफारिस भएका छन् ।


