शिक्षण अस्पताल अनिश्चित हुंदा धनकुटाबासीमा निरासा
धनकुटा । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाई गर्दा राजधानी आन्दोलनमा ठगिएका धनकुटाबासीमा अर्को निराशा बढन थालेको छ ।
पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने काशी सरकारले घोषणा गरेर प्रकृया सुरु भैसकेको सपना देखाएपनि अझै हस्पताल हस्तान्तरण नगर्दा धनकुटाबासी निरास बनेका छन ।
संघियता कार्यान्वयनपछि तत्काल क्षेत्रिय सदरमुकाम सरेपछि विरानो बन्न पुगेको धनकुटामा राजधानी माग्दै महिनौ आन्दोलित भएका धनकुटाबासीलाई प्रादेशिक शिक्षण अस्पताल सञ्चालन हुने खबरपछि आशाको सञ्चार गरेको थियो । तर कोशी सरकारले निर्णय गरेर शिक्षण प्रकृया सुरु भैसकेको भनेर होहल्ला गरेको सात महिना पुगिलाग्दा समेत सरकारले अझै अस्पताल शिक्षण अस्पतालका लागि हस्तान्तरण नगर्दा धनकुटाबासीहरु निरास बनेका हुन ।
पटक पटक आश्वासन प पाएर पनि धोका पाएका धनकुटाबासीहरु भन्न थालेका छन ‘ कोशी सरकारले धनकुटामा शिक्षण अस्पताल चाँडै सञ्चालन गर्ने भनेर हामीलाई आश देखायो तर भरोसा अझै दिलाएन ।,’ राजधानी माग्दै ६ महिना लामो निरन्तर संघर्ष गरेका धनकुटासाीलाई राहत दिन तत्काल प्रदेश नं १ को नेकपा सरकारले २०७६ मा एक सय शैयाको शिक्षण अस्पताल संचालन गराउने भनेर चार करोड बजेट विनियोजन गरेको थियो । सोही बजको अधिकारमा बहुबर्षे योजनामा धनकुटामा नयाँ भवन पनि बनिसकेको छ तर घोषणा अनुसार शिक्षण अस्पताल भने अझै सञ्चालनमा आएको छैन ।
कोशी सरकारले २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालले स्वास्थ्य प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न आफनै अस्पताल माग गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउन ५ जेठ२०८२ मा निर्णय गरेर हस्तान्तरण प्रकृया सुरु गरेको घोषण गरेका थिए ।
सरकारको उक्त्त निर्णयबाट उत्साहित भएका धनकुटाबासीले शिक्षण अस्पतालाई थप आवश्यक पर्ने जमिन दिलाउने र सम्पुर्ण सहयोग गर्ने तयार भएको भन्दै स्वागत गरेका थिए । निर्णय भएर पनि प्रकृया टुगिन ढिलाईभएपछि घोषणा अलपत्र नपार्न भन्दै धनकुटाका सांसदहरुले प्रदेश सभामा मात्र नभएर सार्वजनिक रुपमापनि सरकारलाई ज्ञापनपत्र बुझाउँदै र आवाज उठाउदै आएका छन ।
धनकुटाकी प्रदेश सभा पुर्व सदस्य कुसुम श्रेष्ठ सरकारले आश्वासन दिएर अब कुनैपनि हालतमा आशा देखाएर धोका दिन हुदैन भन्छिन। उनी सरकारले चाँडो हस्तान्तरण प्रकृया टुंग्याएर शिक्षण अस्पताल सञ्चालन गराउनुपर्ने बताउँछिन । श्रेष्टले भनिन ‘पटक पटक धोका पाएका धनकुटाबासी शिक्षण अस्पतालमा पनि ठगिएभने धैर्यको बाँध टुटछ ।,’ काँग्रेसका धनकुटा सचिव विजय सन्तोषी राई राजधानीदेखी अनेकौ सरचनाहरुका लागि आश्वासन पाएरपनि धनकुटाबासी ठगिदै आएको बताउँछन ।
उनी भन्छन ‘यसैले प्रदेश सरकारले शिक्षण अस्पताललाई आशामा मात्र सिमित राख्नुहुदैन हस्तान्तरण प्रकृया चाँडो टुंग्याएर शिक्षण अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’ धनकुटा नागरिक समाजका संयोजक द्रोर्ण गुरागाँई आश्वासन दिएर पनि सञ्चालनमा नल्याए धनकुटाबासीमा ठूलो अन्याय हुने भन्दै कोशी सरकारले चाँडो शिक्षण अस्पताल सञ्चालन ल्याउनुपर्छ भन्छन ।
कोशी सरकारको ५ जेठ २०८२ मा बसेको मन्त्रीपरिषद बैठकले धनकुटा जिल्ला अस्पतालाई मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेर प्रदेशको शिक्षण अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गर्दै प्रकृया सुरु भैसकेको घोषणा गरेको थियो । मन्त्रीपरिषदबाट निर्णय भएपछि अब धनकुटा अस्पताल शिक्षण अस्पतालका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गर्ने प्रकृया अगाडी बढिसकेको र चाँडै विश्वविद्यालयसाग सम्झौता टुंग्याएर शिक्षण अस्पताल सञ्चालन गर्र्ने कोशी सरकारका प्रवक्त्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले तत्काल जानकारी दिएका थिए तर सरकारले निर्णय गरेको सात महिना वितिसक्दापनि अझै मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) सँग अस्पताल हस्तान्तरण प्रकृया टुङगयाइसकेको छैन ।
यता आफनै अस्पताल नहुँदा मेडिकल स्वास्थ्य शिक्षा सम्बन्धि शैक्षिक कार्यक्रमहरु सञ्चालन गराउन पाएको मनमोहन विश्विद्यालयले स्वास्थ्य शैक्षिक कार्यक्रमका लागि पाठयक्रम तयार पारेर अस्पताल हसन्तरणका लागि पर्खेर सरकारलाई पर्खेर बसिरहेको छ । विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल आफनै अस्पतालको अभावमा मनमोहनले पाठयक्रम तयार गरेर पनि बिएससी नर्सिङग , अप्टोमेसी , रेडियोलोजी , ल्याव प्राविधिक (विएमएलटी) रेडियोलोजी, फिजिकल थेरापी , कक्षाहरु सञ्चालन गर्न नसकेको बताउँछन ।
उनले धनकुटा जिल्ला अस्पताल कोशी सरकारले हस्तान्तरण चाँडै प्रकृया पुरा भएमा आफुहरुले अस्पताल प्राप्त गर्ने स्तरोन्नती गरेर आफनै व्यवस्थापनमा अस्पताल सञ्चालन र शैक्षिक कार्यक्रम संचालन गर्नै बताए । उपकुलपति पोखरेले भने ‘सरकारको घोषणपछि हामी पाठयक्रम तयार गरेर बसेका छौ , सम्झौतापत्रको मस्यौदा पत्र पनि सरकारलाई बुझाईसकेका छौ त जति छिटो निर्णय हुन्छ हामी उति चाँडो अस्पताल जिम्मा लिएर शिक्षण अस्पतला सञ्चालन गछौ । ’ उनका अनुसार सरकारको निर्णयपछि मनमोहनले पटक पटक धनकुटाका राजनैतिक दल नागरिक समाज र अस्पताल व्यवस्थापन समितिसँग छलफल गरिसकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी बसाई सराई रोक्न र पहाडमा सर्वसुलभ उपचार सेवा पुरयाउन कोशी सरकारले धनकुटामा शिक्षण अस्पताल सञ्चालन गर्न लागेको सार्वजनिक रुपमा बताउँदै आएका छन । उनले भन्दैआएका छन , ‘धनकुटा अस्पताल मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गर्ने प्रकृया सुरु गराइसकेका छौ । चाँडै सम्झौता पनि हुन्छ र शिक्षण अस्पताल पनि सञ्चालन हुन्छ ।’ तर मुख्यमन्त्री कार्कीले प्रतिबद्धता सहित भाषण गरेपनि निर्णय भएको सात महिना वितिसक्दा पनि अझै अस्पताल हस्तान्तरण गर्ने सम्झौता टुंगिएको छैन । कोशी सरकार स्वास्थ्य मन्त्रालयका सचिव प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले जेनजी आन्दोलनले गर्दा अस्पताल हस्तान्तरण प्रकृयमा ढिलाई भएको तर चाँडै मन्त्रिपरिषदमा सम्झौता प्रस्ताव पेश भएर हस्तान्तरण प्रकृया टुंगो लाग्न बताउँछन ।
सचिव विष्टले भने ‘ जेनजी आन्दोलन र केही सेवा सुबिधाका कुराहरु थपघट गर्नुपर्ने भएकोले केही ढिलाई भएको हो तर पुसभित्र क्याविनेटबाट निर्णय भएर अस्पताल मनमोहनलाई हस्तान्तरण हुन्छ ।’
शिक्षण अस्पतालका लागि धनकुटा नगरपालिका ७ बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको २५ रोपनी ५ आना ३ पैसा जग्गा पनि स्विकृत भएर २५ करोड ८० लाख रुपियाँ बराबरको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम समेत धमाधम भइरहेको छ ।
हाल धनकुटामा प्रदेश स्वास्थ्य र शिक्षा निर्देशनालय , रेडियो नेपाल र प्रदेश प्रहरी समपर्क तालिम केन्द्रको संरचनाहरु मात्र छन। त्यो पनि कतिखेर विराटनगर सारिने हो र धनकुटा अझै हेपायतीमा परेर झन सुनसान बन्ने हो भन्ने भय धनकुटाबासीमा छ ।यसैले हावापनी स्वस्थ्य र सुहाउँदो भएको धनकुटामा चाँडो शिक्षण अस्पताल सञ्चालन गरेर धनकुटाबासीलाई मात्र नभएर माझ किराँत पहाडबासीका लागि न्याय दिनुपर्ने माग धनकुटाबासीको छ ।
काँग्रेस धनकुटाका सभापति सञ्जय सन्तोषी राई भन्छन , क्षेत्रिय सदरमुकाम रहेको धनकुटालाई सधै अन्यायमाथि झन अन्याय हुदै आएको छ अब शिक्षण अस्पतालको आश देखाएर निरास बनाउनु अत्यचार नै हुन्छ ।


