प्रतिनिधिसभा निर्वाचन : धनकुटामा एक लाख १८ हजार चार सय २५ मतदाता कायम
धनकुटा । पूर्वी पहाडी जिल्ला धनकुटामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार चार सय ३४ नयां मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार यसपटक धनकुटामा कूल एक लाख १८ हजार चार सय २५ जना मतदाता कायम भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ५९ हजार चार सय ८३ र महिलाको सङ्ख्या ५८ हजार नौ सय ४२ रहेको छ।


