धनकुटा सिटी जेसिज वर्ष २०२६ मा भट्टराई
धनकुटा । धनकुटा सिटी जेसिजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसहमत रूपमा चयन गरिएको छ । सर्वसहमत निर्वाचनबाट जेसि सुवास भट्टराई अध्यक्ष (वर्ष २०२६) मा चयन हुनुभएको छ ।
कार्यकारी उपाध्यक्षमा जेसि दुर्गा घिमिरे र जेसि मिलन बुढाथोकी कानुनी सल्लाहकारमा जेसि सुवास खनाल, महासचिवमा जेसि भोलाराज थापा र कोषाध्यक्षमा जेसि सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यकारी उपाध्यक्षमा जेसि दुर्गा घिमिरे र जेसि मिलन बुढाथोकी चयन हुन् भएको छ । यस्तै, कानुनी सल्लाहकारमा जेसि सुवास खनाल, महासचिवमा जेसि भोलाराज थापा र कोषाध्यक्षमा जेसि सबिन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षहरूमा जेसि दर्शन थापा, जेसि सुबन श्रेष्ठ, जेसि इन्द्रबहादुर श्रेष्ठ र जेसि बिरेन्द्र तामाङ सचिवमा तुलसी जंग कार्की, जनसम्पर्क अधिकारीमा लिलम थापा, तालिम निर्देशकमा दिपा थापा र प्रकरण निर्देशकमा आयुस थापा चयन हुनु भएको निर्वाचन अधिकृत जेसि विजय अधिकारले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष (वर्ष २०२५) को जिम्मेवारी जेसि दिनेश भण्डारीले सम्हाल्नु भएको थियो ।
धनकुटा सिटी जेसिजले विगतदेखि नै जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। युवा नेतृत्व विकास, सामाजिक सेवा, सचेतना अभिवृद्धि तथा समुदाय सशक्तीकरणका क्षेत्रमा संस्थाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। नयाँ कार्यसमितिले पनि यस्ता गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अध्यक्ष्य भट्टराईले जानकारी दिनुभयो ।


