देशमा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुँदैमा देशले निकास नपाउने : माधवकुमार नेपाल

धनकुटा,२० पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुँदैमा देशले निकास नपाउने बताउनु भएको छ ।

आज नेपाली कम्युनिष्ट पार्टीको प्रचार विभागले धनकुटामा गरेको पत्रकार सम्मेलनमा सहसंयोजक नेपालले पात्र नै खराव भएकाले तत्काल कार्यकारीको हातमा सुम्पिन नहुने बताउनु भयो ।

अहिलेको राजनीतिक संकट टार्न निर्वाचनको विकल्प नभएकाले अहिलेको सरकारको मुख्य काम निर्वाचन गराउनु भएको बताउनु भयो । उहाँले सर्वाेच्च अदालतले के गर्छ भोलीको कुरा हो’, उहाँले भन्नु भयो, सर्वाेच्चको कुरा त सबैले मान्नुपर्छ । तर अहिले त्यो परिस्थिती बनेको छैन ।’

अहिले सर्वाेच्चको बाटो नकुरी सबै दलहरु निर्वाचनमा लागिसकेको उहाँको दावी छ । उहाँले एक प्रशंगमा नयाँ शक्तिहरुसँग डराउनुपर्ने भन्दा पनि सचेत हुनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले अन्य पार्टीहरुसँग पनि चुनावी गठबन्धन गर्न सकिने बताउनु भयो । त्यसका लागि कांग्रेस–एमाले लगायतका ठूला दलबाट प्रस्ताव आउनुपर्ने उहाँको भनाइ छ ।-धनकुटा एफ एमको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।