झापाको गौरादहमा आगलागी

झापा । झापा जिल्लाको गौरादह नगरपालिका–३, गुराँसचोकमा धानको परालमा आगलागी भएको छ।

गत पौष २० गते अन्दाजी राति १०:३० बजेको समयमा सोही स्थान निवासी काजी पौडेलको घर नजिक राखिएको करिब २.५ बिघा क्षेत्रफलको धानको परालमा के–कुन कारणले अचानक आगो लागेको हो।

आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी, स्थानीय बासिन्दा तथा दमक नगरपालिका र कमल गाउँपालिकाका दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। करिब राति ११:५० बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको भए पनि धानको पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।