प्रेमीबाटै किशोरी अविनाको हत्या

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ ।

घटना भएको एक महिनापछि मंगलबार अविनाको हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सिरहा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका चौधरीसँग पहिलादेखि नै अविनाको प्रेमसम्बन्ध रहेको खुलेको छ ।

चौधरी विवाहित हुन् । प्रहरीका अनुसार चौधरीका एक सन्तानसमेत छन् । तर पछिल्लो समय श्रीमतीसँग खटपटको कारण उनी अलग्गै बस्दै आएका थिए ।

गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा बल्टिया बस्ने सूर्यदेव वैधकी छोरी १७ वर्षीया अविनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले गरेको अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरी पटकपटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छाड्न जाने क्रममा घटनास्थल नजिक पुगेर सहमतिमै शारीरिक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अविनाले रामबालकलाई पहिलेदेखि नै विवाहको प्रस्ताव राख्ने गरेकी थिइन् । तर अविनाले अन्य पुरुष मानिससँग फोनमा अडियो-भिडियो कल गर्ने गरेको र त्यो कुरा रामबालकलाई मन परेको थिएन । यो विषयमा पहिले पनि दुवै जनाबीच विवाद पर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अन्य पुरुषसँग सम्बन्ध राख्ने गरेको आशंकामा आवेशमा आएर रामबालकले अविनाको घाँटी थिचेर ढुंगाले दाहिने गालामा प्रहार गरेका थिए । त्यसपछि अविना बेहोस भएपछि बोकेर नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किचेर घटनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।

रामबालकलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖