प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन

संखुवासभा, पुस २४ गते । संखुवासभाको सिलिङचोङ गाउँपालिका-४ स्थितमा रहेको प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ ।

पुस २४ गते आयोजित कार्यक्रमका विच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा चौकीको भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको हो ।

भवन समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोवास गर्ने नागरिकहरुको सुरक्षामा अहोरात्र खटिदै आएको प्रहरीको दैनिकि नव निर्मित भवनबाट थप सहज हुने बताउँदै नयाँ भवन प्राप्त भए संगै आगामि दिनहरुमा प्रहरीद्वारा प्रदान गरिने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने उपस्थित सम्पुर्णमा विश्वास दिलाउनु भयो । साथै वहाँले प्रहरी चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको मनोभावनालाई उच्च सम्मान गर्दै प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले भवन निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता दम्पति देउ लक्ष्मी राई र पुर्ण कुमार राईलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

समुद्‍घाटन कार्यक्रममा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मी, स्थानिय बासी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
८ कोठा भएको अढाई तले उक्त भवन १ करोड ७७ लाख ६७ हजार ४ सय ९६ रुपैयाको लगतमा नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।