कोशीमा लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जना पक्राउ

विराटनगर, पुस २६ गते । झापा, मोरङ,सुनसरी, उदयपुर र इलामका विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुस २५ गते चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका-१ का २५ वर्षिय निरोज लिम्बु र भद्रपुर नगरपालिका- २का २६ वर्षिय सागर प्रधान लाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित र मकवानपुर हेटौडा-१५ का जिबन खरेललाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

चेकजाँचकै क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ज्ञानदिप राई, पथरीशनिश्चरे-७ का प्रज्वल राई र पथरीशनिश्चरे-६ का मिथुन मण्डललाई १ ग्राम ब्राउन सुगर सहित र उदरपुरको त्रियुगा नगरपालिका-१० का जहान सिंह खत्रीलाई प्रतिबन्धित औषधी ४५० एम्पुल सहित र इटहरी-५ का राहुल राय, इटहरी-४ का सुशाङ्ग श्रेष्ठ, बिबेक घतानीलाई प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖