घण्टीघरबाट बाहिरिंदै गरेका देखिए सामाजिक अभियन्ता लाक्पा तामांग
धनकुटा । प्रतिनिधि सभाको निर्वाचन आउन अब ५४ दिन बांकी रहंदा धनकुटाका सामाजिक अभियन्ता लाक्पा तामांगको पनि चर्चा छ ।
तामांगले यस अगाडि आफुले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
वर्तमान राजनीतिक अवस्था र दलहरुको समिकरणका बिच तामांग पनि राजनीतिक दलहरुसंग संवादमा रहेको स्रोतले जनाएको छ ।
धनकुटाबासीको कौतुहलता रहेको तामांगले अब कुन दललाई प्रतिनिधित्व गर्दै उम्मेदवारी देलान् त भन्ने भन्ने चर्चाका बिच अभियन्ता तामांग राष्ट्रिय स्वतन्त्र पार्टी पाख्रीबास नगर कार्य समितिको कार्यालयबाट बाहिंरिंदै गरेको देखिएका छन् ।
के लाक्पा रास्वपामा प्रबेश गर्न तयार भएका हुन् या राजनैतिक संवादमा रहेका हुन् त्यो खुल्न बांकी नै रहेपनि धेरैले रास्वपाबाट उहांको उम्मेदवारी रहने शंका गरेका छन् ।


